एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि… « Khabarhub

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि…


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।

बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक पटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । सो क्रममा केही सांसदहरुले नियमापती समेत गरेका थिए । त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे। तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहर्‍याए।

त्यसपछि सभामुख सापकोटाले केहि बेरका लागि संसद् बैठक स्थगित गरेका थिए । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रूपमा अघि बढेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ०० बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति