‘मधेसका नदी र चुरे दोहनले नागरिक अधिकार हनन्’ « Khabarhub

‘मधेसका नदी र चुरे दोहनले नागरिक अधिकार हनन्’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन् ।

महोत्तरीका संघीय संसद समेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेसको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गरे ।

चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनको भनाइ छ । संसदमा ध्यानाकर्षण गराउँदै नेता पोखरेलले भने, ‘नदीनाला उत्खनन र दोहनलाई हर हालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहँदैन । मधेसमा पिउने पानी पाइँदैन । ठुला हिमताल फुट्न सक्छन् ।’

चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रूपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।

नेता पोखरेलले क्रसर माफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा संग्लग्न गिरोहको भित्रिरुप उजागर भएको बताए । क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए ।

महोत्तरीमा मात्र अहिले ३० भन्दा बढी क्रसर उद्योग छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ३३ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ