ओमानबाट लगानी र पर्यटक भित्र्याउन आग्रह « Khabarhub

ओमानबाट लगानी र पर्यटक भित्र्याउन आग्रह


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेट गरी नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेकाले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष मल्लको भनाइ थियो । 

अध्यक्ष मल्लले ओमानबाट मासिक दुई अर्ब रेमिट्यान्स आइरहेको भन्दै नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए । भेटमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहीबार ओमान जाँदै छन् । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : १३ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ