‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’ « Khabarhub

‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन्।

उपसभामुख खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा  पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए। उनले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुई तिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए। उनले भने, “संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।”

कार्यक्रममा कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मिहेनत गरेर आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घात अन्तर्गघात बढेको बताउनुहुँदै आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ४७ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक