सुर्खेतमा अवैधरूपमा बिक्री गर्न राखिएका दुई क्विन्टल माछा नष्ट « Khabarhub

सुर्खेतमा अवैधरूपमा बिक्री गर्न राखिएका दुई क्विन्टल माछा नष्ट


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मङ्गलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो । अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताए ।

उनका अनुसार जफत गरिएका मङ्गुर माछा आज वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरिएको छ । माछा व्यवसायीलाई भने फेरि पनि अवैधरूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानूनबमोजिम कारवाही हुने चेतावनी दिएर छोडिएको उनले बताए ।

भारत तथा अन्य प्रदेशबाट प्रतिबन्धित मङ्गुर माछासँगै फर्मालिन’ प्रयोग गरेका माछा जिल्लामा अवैध तवरले आयात नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मङ्गुर माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मङ्गुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुने गर्दछ । अत्यधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोग निम्तिने उनीहरुको भनाइ छ ।

उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ४४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल