मकवानपुरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद | Khabarhub Khabarhub

मकवानपुरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ केजी ३८१ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार अटोरिक्सा चालक भने फरार रहेका छन् ।

विशेष सूचनाका आधारमा वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : १५ बजे

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा– भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए 

एजेन्सी – सिरियाली युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २०

आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई वैधानिकता

काठमाडौं– रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन