मकवानपुरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद « Khabarhub

मकवानपुरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ केजी ३८१ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार अटोरिक्सा चालक भने फरार रहेका छन् ।

विशेष सूचनाका आधारमा वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : १५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति