रुसलाई जी–२० बैठकमा बस्ने अधिकार छैनः बेलायत « Khabarhub

रुसलाई जी–२० बैठकमा बस्ने अधिकार छैनः बेलायत


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी–२० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने ।

‘हामी जी २० बैठकमा रूसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा राष्ट्रपति (भोलोदिमिर) जेलेन्स्कीले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई स्वागत गर्दछौँ ।’

जी २० को वैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सी चीन फिङ सहभागी हुनेछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ४९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका