कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक « Khabarhub

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो। परिवारको आग्रहमा उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालिएको छ। उनलाई अहिले अक्सिजनमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

गिरीलाई अति उच्च मात्रामा अक्सिजन दिइएको छ। परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालेर अक्सिजनमा राखिएको चिकित्सकको भनाइ छ।

लामो समय भारतको मुम्बईमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी निमोनिय भएपछि मेडिसिटी अस्पताल भर्ना भएका हुन्।

शुक्रबारदेखि नै उनको स्वास्थ्य लाभको कामना भइरहेको छ। उनको स्वास्थ्य लाभको कामनामा शुक्रबार प्रार्थना सभासमेत भएको थियो। गिरीमा निमोनियासहित अन्य समस्या देखिएको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता गिरीका लागि यतिबेला प्रार्थनाको जरुरी रहेको बताएका छन् ।

महामन्त्री शर्माले नेता गिरी जीवनका लागि सङ्घर्षरत रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्’, शर्माले ट्वीटमा भनेका छन्, ‘ जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस् । सबैले यही कामना गरौं ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ३६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल