कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक « Khabarhub

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो। परिवारको आग्रहमा उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालिएको छ। उनलाई अहिले अक्सिजनमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

गिरीलाई अति उच्च मात्रामा अक्सिजन दिइएको छ। परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालेर अक्सिजनमा राखिएको चिकित्सकको भनाइ छ।

लामो समय भारतको मुम्बईमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी निमोनिय भएपछि मेडिसिटी अस्पताल भर्ना भएका हुन्।

शुक्रबारदेखि नै उनको स्वास्थ्य लाभको कामना भइरहेको छ। उनको स्वास्थ्य लाभको कामनामा शुक्रबार प्रार्थना सभासमेत भएको थियो। गिरीमा निमोनियासहित अन्य समस्या देखिएको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता गिरीका लागि यतिबेला प्रार्थनाको जरुरी रहेको बताएका छन् ।

महामन्त्री शर्माले नेता गिरी जीवनका लागि सङ्घर्षरत रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्’, शर्माले ट्वीटमा भनेका छन्, ‘ जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस् । सबैले यही कामना गरौं ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ३६ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार