गोनाहीमा नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी « Khabarhub

गोनाहीमा नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुविधा सम्पन्न नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लिएर नगरपालिकामै पहिले पटक अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।  

नगरका बवपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याब, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।