उत्तरी अल्जेरियाको जंगलमा डढेलो, २६ जनाको मृत्यु « Khabarhub

उत्तरी अल्जेरियाको जंगलमा डढेलो, २६ जनाको मृत्यु


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जिअर्स– उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए ।

हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए । विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।

सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन । तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन् ।

उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ । गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १२ : ४९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।