नेरा आधारभुत टेढाकट्टीका विद्यार्थि बरन्डामा बसेर पढ्न बाध्य | Khabarhub Khabarhub

नेरा आधारभुत टेढाकट्टीका विद्यार्थि बरन्डामा बसेर पढ्न बाध्य


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेटी कसेर पढ्न बाध्य छन् । झन् स्थानीय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।

बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथामिकतामा नपरेको स्थानीयको भनाइ छ ।  तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गरिन् । 

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ । विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ । हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन् ।सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।

विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरणनै देखिँदैन् । चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न अघिल्लो सरकारका जनप्रतिनिधिलाई भने पनि ध्यान नदिएकाले आदर्श कोटवाल गाउँपालिका-५ का हालका वडा अध्यक्ष रूपेश नारायण सिंह बताउँछन् ।

विद्यालयमा अहिले जम्मा चार वटा कोठा छ । प्रशासनिक भवन अर्को भवनमा छ जसमा एउटा कोठामा निर्माण सामाग्री राखिएका छन् । सोही कोठामा विद्यालयको अफिस पनि छ । गाउँपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।

आदर्श कोटवाल गाँउपालिका प्रमुख जवाहरप्रसाद साहले चाँडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्या चाँडै समाधान निकाल्ने बताए ।

धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्च्याउनुपर्ने अवस्था सृजना भएको छ । आदर्श कोटवाल गाँउपालिकामा रहेको यस आधारभुत विद्यालयको नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुँइमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : १६ बजे

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई

विराटनगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट 

काठमाडौं– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका

सहरी विकास मन्त्रालयले कुन प्रदेशमा कति प्रतिशत बजेट छुट्यायो ?

काठमाडौं– सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सन्तुलित

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्रान्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा