प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता  « Khabarhub

प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै भेटमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे पनि चासो व्यक्त गरेका थिए ।

भेटको क्रममा उनीहरूले गम्भीर मानव अधिकार उलङ्घनको घटना र पीडितहरूको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए ।  अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरे ।

विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका संवेदनशीलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त  गरे ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १ : ४८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।