‘राजनीतिमा ‘म’ वादी संस्कृति बढ्यो’  « Khabarhub

‘राजनीतिमा ‘म’ वादी संस्कृति बढ्यो’ 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धता बिर्सनु नहुनेको उनको भनाइ छ । उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा शासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनीय छ ।

उनले अहिले राजनीतिमा ‘म’ वादी संस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’ 

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  २ : २७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।