‘भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस्’  « Khabarhub

‘भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस्’ 


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा थापाले बेरोजगारी, महङ्गी, धर्म परिवर्तन, कुशासनको अन्त्य गर्न र जनताले अनुभुति गर्ने परिवर्तनको निम्ति विकल्पमा जानू पर्ने बताए । 

वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको  दाबी गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए । नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठूला दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने बताए । उनले राप्रपा नेपाललाई विश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे । कार्यक्रम सुरु हुनुअघि लगनखेल बसपार्कबाट नारासहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ४ : २७ बजे

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो