६८ थान काठ बरामद « Khabarhub

६८ थान काठ बरामद


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ  बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो  ।

मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी स( मिलसम्म ल्याए फेला परेको छ । सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स-मिलबाट गत बिहीबार राति खयरको काठ ६८ थान काठ र मिलका सञ्चालक मदन ठाकुरलाई पक्राउ गरिएको थियो । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए । 

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको  छ । अवैध रुपमा कटान गरी स-मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब-डिभिजन वन कार्यालय चोहर्वा र सब-डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिनन्

सब-डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारीको र प्रहरी प्रशासनकै  मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : ३५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।