परराष्ट्रमन्त्री खड्काद्वारा गिदेरी खोलाको नवनिर्मित मोटरेवल पुलको उद्घाटन  « Khabarhub

परराष्ट्रमन्त्री खड्काद्वारा गिदेरी खोलाको नवनिर्मित मोटरेवल पुलको उद्घाटन 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको बेलका नगरपालिका ५ स्थित गिदेरी खोलाको नवनिर्मित मोटरेवल पक्कीपुलको उद्घाटन गरेका छन् ।

चौदण्डीगढी नगरपालिकाको वडा नं ३ बसाहा हुँदै  बेलाका नगरपालिकाको शिखरमाडी, पञ्चमुरे, खयरबनी, झोरपट्टा जोड्ने सडक अन्तर्गत पर्ने गिदेरी खोलामा निर्माण गरिएको मोटरेवल पक्कीपुलको मन्त्री खड्काले उद्घाटन गरेका हुन् ।  उक्त पुल प्रदेश सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मार्फत १५ करोड ५ लाख लागत स्टमेट गरी निर्माण सम्पन्न गरिएको हो । पुलको उद्घाटन गर्दै मन्त्री खड्काले आफूहरू सँग धेरै किसिमका योजनाहरू रहेको भन्दै आफू मन्त्री भएर सुविधा भोगी नभएको बताए । उनले आफ्नो लागी जनताका समस्या भन्दा मन्त्री पद ठुलो नभएको दावी गरे ।

७२.५ मिटर लम्बाई रहेको उक्त पुलमा १०.९ मिटर चौडाइ रहेको छ । पुलमा ३ स्पान रहेको छ ।  १५ करोड लागत स्टमेट तयार गरिएको भए पनि इलाइट सूर्य जेभी धरानले मूल्य समायोजन सहित ९ करोड ४२ लाख २२ हजार २ सय ५२ रुपैयाँमा पुल निर्माण सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ३३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।