कांग्रेसद्वारा भदौ १० देखि २४ सम्म चुनावी अभियानको घोषणा « Khabarhub

 कांग्रेसद्वारा भदौ १० देखि २४ सम्म चुनावी अभियानको घोषणा


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ । 

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो । पहिलो चरणको अभियान भाद्र १० देखि बीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

 अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी निर्वाचनमा गठबन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताए । गठबन्धनमा सिट बाँडफाँड टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको उनले बताए ।

प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए । उनले यसअघिको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन र अहिले फिर्ता गर्दा पनि ठोस कारण दिन नसकेको तर्क गरे ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सूचित गर्ने जनाएको छ भने निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : १६ बजे

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज