‘संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन्’ « Khabarhub

‘संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन्’


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । षडानन्द नगरपालिका– ११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै जातजातिको धर्म, संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए ।

‘यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति हुन्’, मुख्यमन्त्री राईले भने , ‘यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ मुख्यमन्त्री राई आफैँ ढोलक बोकेर नाचमा सहभागी भएपछि स्थानीयवासीसमेत उत्साहित भएका थिए ।

मुख्यमन्त्री राईसँगै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास पनि कार्यक्रममा ढोलक बजाउँदै सहभागी हुनुभएको थियो । षडानन्द नगरपालिका मुख्यमन्त्री राईको गृहनगर हो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : ४५ बजे

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल