विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ ४ , २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २०, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोडडलर सहयोग
सिड्नी–अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।
अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् ।
श्रीलंकामा अहिले चरम आर्थिक संकट छ ।

पार्टीको भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’
फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् ।
एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी पार्टीमा नाचेको देख्न सकिन्छ ।
शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गरिन । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन गरेको नगरेको बताएकी छिन् ।
‘मैले गैरकानूनी केही गरेकी छैन’, उनले हेलसिंकीमा पत्रकारहरूलाई भनिन् । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिन’, मारिनले थपिन् ।
भिडियो देखेपछि केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु
उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए ।
हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए । विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।
सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन । तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन् ।
उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ । गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् ।
‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने ।
दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ ।

जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ ।

त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५औँ वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए ।
नोभेम्बर शिखर सम्मेलन धेरै प्रतिक्षा हुनेछ किनभने अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उपस्थित हुने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने
संयुक्त राष्ट्रले शुक्रबार १३ तालिबान अधिकारीहरूलाई यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने तयारी गरेको छ । सन् २०११ को संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत १३५ तालिबान अधिकारीलाई प्रतिबन्ध लगाइ, सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू समावेश छन् ।

तर तीमध्ये १३ जनालाई विदेशमा अन्य देशका अधिकारीहरूसँग भेट्नको लागि यात्रा प्रतिबन्धबाट छुट दिइएका छ । जुनमा १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले दुई तालिबान शिक्षा मन्त्रीहरूलाई शासनले महिला अधिकारमा कटौती गरेकोमा छुट सूचीबाट हटाइएको छ ।

१५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानमाथि महिलाका अधिकार कटौती गरेको आरोप लाग्दै आएको छ । सत्ता कब्जा गरेपछि तालिबानले बालिकाहरुलाई लामोसमयसम्म विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

न्युयोर्कमा गान्धीको मूर्ति तोडफोड
न्यूयोर्कमा भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ ।

‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गर्दछौँ । हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्णअनुसन्धानको लागि अमेरिकी अधिकारीहरूसमक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ । मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो ।

उत्तर कोरियाद्वारा दक्षिण कोरियाले राखेको निश्स्त्रीकरण सहायता प्रस्ताव अस्वीकार
उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई ‘मूर्ख’ योजना बताएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।

किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेकाो राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौं’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढिवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् ।

आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुखर्ले शहबाज शरीफ सरकारको बिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे ।
‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने ।

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।

पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।

दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् ।हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा उल्लेख गरे ।
२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो ।

“हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौं…. जसले २१ औं शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ,“ संयुक्त राज्य अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भनिन् ।
सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबर भएको थियो ।

रुसलाई जी २० बैठकमा बस्ने अधिकार छैनः बेलायत
रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने ।
‘हामी जी २० बैठकमा रूसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा राष्ट्रपति (भोलोदिमिर) जेलेन्स्कीले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई स्वागत गर्दछौँ । ’
जी २० को वैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु
स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर घाइते महिलाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले एक विज्ञपितमा जनाएको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ५८ बजे

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा– छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको

चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

गाईघाट– शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आसपासका वृद्धवृद्धा र बालबालिका