प्रिमियर लिग : वल्भ्सविरुद्ध टोटेनहम विजयी « Khabarhub

प्रिमियर लिग : वल्भ्सविरुद्ध टोटेनहम विजयी


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा टोटेनहमले वल्भ्सलाई १– ० गोल अन्तरले हराएको हो ।

टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरे । ह्युङ मिन सनको कर्नरलाई इभान पेरिसिचले निअर पोस्टमा फ्लिक गरेपछि केनले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरे ।

त्यसअघि पहिलो हाफमा वल्भ्सले टोटेनहमलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन । पाहुना टोलीको आक्रमणसामु गोलरक्षक तथा कप्तान ह्युगो लोरिस बाधक बनिरहे । दोस्रो हाफमा टोटेनहमका केन र सनले गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

जितसँगै टोटेनहले ३ खेलमा ७ अंक जोडेको छ ।टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ । उल्भ्स १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ५९ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल