मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताएका छन् । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताए ।

‘पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन ।’, उनले भने, ‘चुनौतीको सामना गर्दै निष्पक्ष भएर पत्रिकारिता गर्नुपर्छ ।’

पत्रकार स्वयं व्यक्तिले राजनीति गरे पनि सञ्चार संस्थालाई राजनीतिमा नमुछ्नुस् भन्दै उनले स्वतन्त्र ढङ्गले अगाडि बढ्न सक्ने नेतृत्व सहमतिबाटै चयन गर्नुपर्नेमा जोड दिए।

आइतबार सम्पन्न हुने बानको महाधिवेशनले सहमतिमै नयाँ नेतृत्व चयन गर्न प्रयास भए पनि नसकेपछि आइतबार मतदान हुने बताइएको छ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश संयोजक, केन्द्रीय सदस्यसहित २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ३७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।