महोत्तरीमा लागूपदार्थसहित दुई जना पक्राउ « Khabarhub

महोत्तरीमा लागूपदार्थसहित दुई जना पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।

सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट– १० लेखिएको २५ पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन