भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित | Khabarhub Khabarhub

भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतविरुद्धको पहिलो टि-२० आई खेलमा अष्ट्रेलियाले सानदार जित निकालेकाे छ । पञ्जाब क्रिकेट स्टेडियममा भएको खेलमा भारतविरुद्ध अष्ट्रेलिया ४ विकेटले विजयी भएको हो । जितसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनमा आउट भए । म्याथ्यु वेड २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा रनमा अविजित रहे ।अष्ट्रेलियाको लागि पहिलो खेल खेलेका डेविडले १४ बलमा १ चौका र १ छक्का हाने ।

अष्ट्रेलियालाई कप्तान आरोन फिन्चले आक्रामक सुरुवात दिलाउँदै १३ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा बोल्ड भए । दोस्रो विकेटका लागि स्टिभ स्मिथ र क्यामरन ग्रिनले ४० बलमा ७० रनको उत्कृष्ट साझेदारी गरे ।
भारतका लागि अक्षर पटेलले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उमेश यादवले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्या ३० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । हार्दिकले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर लोकेश राहुल ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । सुयूकुमार यादव २५ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र सूर्यले ४२ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रिनले एक एक विकेट लिए । दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : १२ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को