भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित « Khabarhub

भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतविरुद्धको पहिलो टि-२० आई खेलमा अष्ट्रेलियाले सानदार जित निकालेकाे छ । पञ्जाब क्रिकेट स्टेडियममा भएको खेलमा भारतविरुद्ध अष्ट्रेलिया ४ विकेटले विजयी भएको हो । जितसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनमा आउट भए । म्याथ्यु वेड २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा रनमा अविजित रहे ।अष्ट्रेलियाको लागि पहिलो खेल खेलेका डेविडले १४ बलमा १ चौका र १ छक्का हाने ।

अष्ट्रेलियालाई कप्तान आरोन फिन्चले आक्रामक सुरुवात दिलाउँदै १३ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा बोल्ड भए । दोस्रो विकेटका लागि स्टिभ स्मिथ र क्यामरन ग्रिनले ४० बलमा ७० रनको उत्कृष्ट साझेदारी गरे ।
भारतका लागि अक्षर पटेलले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उमेश यादवले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्या ३० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । हार्दिकले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर लोकेश राहुल ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । सुयूकुमार यादव २५ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र सूर्यले ४२ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रिनले एक एक विकेट लिए । दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : १२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा