रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैन्य शासन लागू « Khabarhub

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैन्य शासन लागू


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने भएको छ ।

त्यसअघि पुटिनले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पुटिनले जनताको इच्छालाई मान्यता दिन युक्रेनले अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाएका थिए । युक्रेनले अतिवादी तरिका अपनाएको आरोपसमेत पुटिनले लगाए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ४१ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई