भाइरल प्रभावित क्षेत्रमा पुनः आकस्मिक स्वास्थ्य शिविर  « Khabarhub

भाइरल प्रभावित क्षेत्रमा पुनः आकस्मिक स्वास्थ्य शिविर 


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ।

भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौँ स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए। भाइरलले थलिएका ४४ जना बिरामीको दोश्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ।

शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ। स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताए।

भाइरलले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन्। अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए। प्राथमिक स्वास्थ्य केन्द्रका डा. संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राई लगायतको टोलीसहित आकस्मिक स्वास्थ्य शिविर आयोजना गरिएको हो।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ८ : ४४ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी