नवौँ राष्ट्रिय खेल : पार्कीले जिते पहिलो स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेल : पार्कीले जिते पहिलो स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्।

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो ।

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते । उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे ।

पुरुष दुई सय मिटरमा शिवराजको स्वर्ण

त्यसैगरी दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जिते । एपिएफका खेलाडी उनले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्ड समय खर्चदै पूरा गरे । नवौँ खेलमा उनको यो तेस्रो स्वर्णपदक हो । यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए ।

सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । आशिषले निर्धारित दूरी २२ दशमलव ०५ सेकेन्डमा पूरा गरे भने युवराजले २२ दशमलव ५० सेकेन्ड समय लगाए । एपिएफका गोपीचन्द्र र शिवराज दाजुभाइ हुन । उनीहरू दुवैका लागि आजको दिन विशेष रह्यो ।

महिला दुई सय मिटरमा निशाको स्वर्ण

सोही स्पर्धाको महिलातर्फको विधामा लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्ण पदक हो । उनले निर्धारित दूरी २५ दशमलव २४ सेकेन्डमा पूरा गरिन । त्यस्तै एपीएफकी रमिताकुमारी थारुले २५ दशमलव ९५ सेकेन्ड समय खर्चदै रजत पदक जितिन । नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पारिन । उनले २७ दशमलव ५२ सेकेन्ड समय लगाउँदै कास्य पदक जितेकी हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १० : ३० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी