दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण « Khabarhub

दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२.५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपीएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपीएफका गोपिचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन्  ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते  भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १२ : ५२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज