चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता « Khabarhub

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ट श्रेणी (ए क्याटागोरी) को मान्यता प्राप्त गरेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले  नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए ।

प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना संकलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ ।

विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’

अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।” अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उहाँको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १ : २० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी