निर्वाचन लक्षित नौ समिति गठन  « Khabarhub

निर्वाचन लक्षित नौ समिति गठन 


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेकपा एमाले हुम्लाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि जिल्ला तहसम्म नौ वटा समिति गठन गरेको छ । एमालेले चुनावी प्रचार प्रसारका लागि नौ वटा उपसमिति गठन गरेको हो । पार्टीको पाँचौँ विस्तारित बैठकले समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको सिमकोट एमालेले जनाएको छ ।

एमाले बैठकबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा पार्टी अध्यक्ष कलबहादुर हमालको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

एमाले बैठकले प्रदेश सभा क्षेत्रअनुसार १ नम्बरका इन्चार्ज ज्ञानी बुमीको संयोजकत्वमा २०१ र २ नम्बरका इन्चार्ज महेन्द्रबहादुर शाहीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन क्षेत्र परिचालन कमिटी गरेको छ ।

गाउँपालिकास्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा नाम्खा गाउँपालिकामा तोपछिरिङ लामा, सिमकोटमा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्डमा भीमबहादुर शाही, चंखेलीमा टेकबहादुर शाही अदानचुलीमा बुध भण्डारी र ताँजाकोटमा नरदीप थापाको संयोजकत्वमा १०१ सदस्यीय सबै गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

त्यसैगरी जिल्ला कमिटी सचिव तीर्थराज बोहराको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । बैठकले पार्टी उपसचिव चन्द्रप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक परिचालन कमिटी, युवा संघका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज उपेन्द्र शाहीको संयोजकत्वमा ३०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ ।

त्यसैगरी, प्रदेश सभा निर्वाचनका लागि १ नम्बरको सम्पर्क कार्यालय अदानचुली गाउँपालिकाको श्रीनगर २ नम्बरका लागि सिमकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र उपसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको सचिव बोहराले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन