नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको उपस्थिति छ । सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको उपस्थितिका बीच नवौँ राष्ट्रिय खेलकुदको समापन गर्न लागिएको हो । 

समापन समारोहमा मार्चपाससँगै विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । समापन समारोह केही चाँडो हुने भनिए पनि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको फुटबल खेलको अन्तिम खेल लामो हुन जाँदा समापन समारोह केही समयपछि धकेलिएको हो । थपिएका समयमा पनि गोल हुन नसकेपछि सडन डेथमा स्वर्णपदकको छिनोफानो गरिएको थियो ।

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी भएका थिए । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने जनाइएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : ३९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको