नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको उपस्थिति छ । सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको उपस्थितिका बीच नवौँ राष्ट्रिय खेलकुदको समापन गर्न लागिएको हो । 

समापन समारोहमा मार्चपाससँगै विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । समापन समारोह केही चाँडो हुने भनिए पनि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको फुटबल खेलको अन्तिम खेल लामो हुन जाँदा समापन समारोह केही समयपछि धकेलिएको हो । थपिएका समयमा पनि गोल हुन नसकेपछि सडन डेथमा स्वर्णपदकको छिनोफानो गरिएको थियो ।

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी भएका थिए । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने जनाइएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : ३९ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा