व्यवस्थासँगै अवस्था परिवर्तन गर्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड « Khabarhub

व्यवस्थासँगै अवस्था परिवर्तन गर्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–८ रिस्तीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा लाग्नेमा जोड दिँदै देश र गाउँको विकासमा तल्लीन भएर लाग्ने बताए । 

लोकतन्त्र र संविधानको रक्षा गर्न वाम गठबन्धन गरेर चुनावी मैदानमा अघि बढिएको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन गरी देशलाई निकास दिन सक्रिय भएर लाग्ने उनले बताए । 

‘मैले ल्याएको केही विकासका योजना अधुरा छन्’, उनले भने, ‘अधुरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गर्न लाग्नेछु ।’ सहिदका बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाका लागि खबरदारी गर्न गठबन्धन गरी अघि बढेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठ, कांग्रेस महासमिति सदस्य एवं प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ओमकुमारी पौडेल, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, कांग्रेसबाट समानुपातिक उम्मेदवार चिनु पोखरेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट समानुपातिक उम्मेदवार बसन दरैलगायतको सहभागिता रहेको थियो ।  

गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर गत शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडावडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ५३ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय