व्यवस्थासँगै अवस्था परिवर्तन गर्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड | Khabarhub Khabarhub

व्यवस्थासँगै अवस्था परिवर्तन गर्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–८ रिस्तीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा लाग्नेमा जोड दिँदै देश र गाउँको विकासमा तल्लीन भएर लाग्ने बताए । 

लोकतन्त्र र संविधानको रक्षा गर्न वाम गठबन्धन गरेर चुनावी मैदानमा अघि बढिएको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन गरी देशलाई निकास दिन सक्रिय भएर लाग्ने उनले बताए । 

‘मैले ल्याएको केही विकासका योजना अधुरा छन्’, उनले भने, ‘अधुरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गर्न लाग्नेछु ।’ सहिदका बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाका लागि खबरदारी गर्न गठबन्धन गरी अघि बढेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठ, कांग्रेस महासमिति सदस्य एवं प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ओमकुमारी पौडेल, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, कांग्रेसबाट समानुपातिक उम्मेदवार चिनु पोखरेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट समानुपातिक उम्मेदवार बसन दरैलगायतको सहभागिता रहेको थियो ।  

गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर गत शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडावडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ५३ बजे

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको