ओलीले मनपरी अत्याचार गर्छन् : भीम रावल « Khabarhub

ओलीले मनपरी अत्याचार गर्छन् : भीम रावल


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्‍नसमेत गरेका छन्, ।

प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त रु यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ( बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी,अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ,’ उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ८ : २१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन