संविधानको रक्षाका लागि गठबन्धन एउटै दल जस्तो हो : खनाल | Khabarhub Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन एउटै दल जस्तो हो : खनाल


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन्।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए ।

चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भने, ‘हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाईं संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।’

देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : १२ बजे

सवारी जाम गरेर यातायात व्यवसायीको आन्दोलन (तस्बिरहरू)

काठमाडौं– सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै

युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को- युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली– जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृतका लागि रोजगारीका लागि आवेदन

दिवंगत छोरीलाई सम्झिँदै भावुक भएर मैदानमै रोए लुइस एनरिक्वे

म्युनिख– पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले म्युनिखमा एक अविश्वसनीय रातमा इन्टर