बेन्जेमा विश्वकपबाट बाहिर « Khabarhub

बेन्जेमा विश्वकपबाट बाहिर


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो।

बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन्। विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो।

फ्रान्स राष्ट्रिय टोलीले घाइते भएको र प्रतियोगितामा बेन्जेमा नदेखिने बताएको छ। ‘बेन्जेमाको खवरले टोलीलाई पक्कै दुखद् बनाएको छ। उनको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं,’ भनिएको छ।

फ्रेन्च फुटबल फेडेरेसनले एमआरआइ स्क्यान गर्दै जँघा गएको बताएको हो। ‘उनलाई रिकभरी हुन तीन हप्ता लाग्नेछ,’ थपिएको छ।

विश्वकपमा फ्रान्स समूह डी मा रहेका छ। फ्रान्सले २२ नाभेम्बरमा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ।

मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले सोमबार नै बेन्जेमाको स्थानमा खेलाडी परिवर्तन गर्ने बताएका छन्। ३४ वर्षीय बेन्जेमाले ९७ खेलको ३७ गोल गरेका थिए। फ्रान्सले यस अघि नै मिडफिल्डर द्वय पाउल पोग्वा र एनगोलो कान्तेलाई घाइतेभएपछि गुमाएको थियो। यसैगरी फिट हुँदै गरेका म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेयल भरानेलाई समावेश गरेको छ।

बुधबारमात्रै क्रिस्टोफर एनकुन्कु घाइते भएपछि फ्रान्सले कोलो मुआनीलाई स्थानान्तरण गरेको छ। बेन्जेमाको स्थानमा फ्रान्सले म्यानचेस्टरका स्ट्राइकर एन्थोनी मार्सिअललाई स्थान दिने सम्भावना छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष