इटालीको संसदमा स्तनपानको अनुमति « Khabarhub

इटालीको संसदमा स्तनपानको अनुमति


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीका महिला सांसदलाई संसद् वहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ। चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो।

स्तनपान गराउने चेम्बर अफ डिपुटिजका सदस्यलाई संसदको शीर्ष पंक्तिमा वा आरक्षित ग्यालरीमा बस्न अनुमति दिइनेछ। तर, महिला सांसदले बच्चा जन्मिएको एक वर्षसम्म मात्र चेम्बरमा स्तनपान गराउन पाउनेछन्।

अहिले स्तनपान गराउने छुट्टै कोठामा जानुपर्ने बाध्यता छ। नयाँ अभ्यासले इटालीको लोकतन्त्रको सबैभन्दा बलियो उदाहरण पेस गर्ने फाइभ स्टार मुमभेन्ट (एमएस ५) का सांसद गिल्डा स्पोर्टिएलो बताइन्। उनले भनिन्, ‘हरेक महिलाले आफूले चाहेको स्थानमा स्तनपान गराउन पाउनुपर्छ,’ उनले भनिन्।

अक्टोबरको अन्त्यमा प्रधानमन्त्री बनेकी जर्जिया मेलोनीले सन् २०१९ मा जन्मदरमा गिरावटबाट गुज्रिरहेको इटालीमा ‘युवा आमा’लाई काममा सजिलो पार्न संसदमा स्तनपानलाई अनुमति दिने बताएकी थिइन्। सिनेटमा फोर्जा इटालिया समूहकी नेतृ लिसिअ रोन्जुलीले पनि यो सुधारको स्वागत गरेकी छिन्।

युवा सांसदको रूपमा उनले युरोपेली एसेम्ब्लीमा स्तनपान गराउदा उनी चर्चामा आएकी थिइन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २१ बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका