इटालीको संसदमा स्तनपानको अनुमति « Khabarhub

इटालीको संसदमा स्तनपानको अनुमति


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीका महिला सांसदलाई संसद् वहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ। चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो।

स्तनपान गराउने चेम्बर अफ डिपुटिजका सदस्यलाई संसदको शीर्ष पंक्तिमा वा आरक्षित ग्यालरीमा बस्न अनुमति दिइनेछ। तर, महिला सांसदले बच्चा जन्मिएको एक वर्षसम्म मात्र चेम्बरमा स्तनपान गराउन पाउनेछन्।

अहिले स्तनपान गराउने छुट्टै कोठामा जानुपर्ने बाध्यता छ। नयाँ अभ्यासले इटालीको लोकतन्त्रको सबैभन्दा बलियो उदाहरण पेस गर्ने फाइभ स्टार मुमभेन्ट (एमएस ५) का सांसद गिल्डा स्पोर्टिएलो बताइन्। उनले भनिन्, ‘हरेक महिलाले आफूले चाहेको स्थानमा स्तनपान गराउन पाउनुपर्छ,’ उनले भनिन्।

अक्टोबरको अन्त्यमा प्रधानमन्त्री बनेकी जर्जिया मेलोनीले सन् २०१९ मा जन्मदरमा गिरावटबाट गुज्रिरहेको इटालीमा ‘युवा आमा’लाई काममा सजिलो पार्न संसदमा स्तनपानलाई अनुमति दिने बताएकी थिइन्। सिनेटमा फोर्जा इटालिया समूहकी नेतृ लिसिअ रोन्जुलीले पनि यो सुधारको स्वागत गरेकी छिन्।

युवा सांसदको रूपमा उनले युरोपेली एसेम्ब्लीमा स्तनपान गराउदा उनी चर्चामा आएकी थिइन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २१ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि