भोट हाल्ने दिन विदेश जाने लाइनमा युवाहरु « Khabarhub

भोट हाल्ने दिन विदेश जाने लाइनमा युवाहरु

‘जसलाई विदेश जानबाट रोक्ने किन कसैको पनि तागत छैन ?’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सुर्खेतका नरेन्द्रबहादुर आइतबार दुबई जाँदैछन् । एक हप्ताअघि वैदेशिक रोजगारीका लागि सुर्खेतबाट काठमााडौँ आएका उनी आइतबार चुनावकै दिन भएपनि भिसा आएका कारण उनी दुबई जान लागेका हुन् ।

दुबई हुँदै उनी रोजगारीका लागि इराक जाने बताउँछन् । केही समयअघि इराकबाटै फर्किएका उनी फेरि रोजगारीका लागि सोही देश जान लागेका हुन् । जबकी सरकारले इराकलाई कालोसूचिमा राखेको छ, कुनै पनि नेपाली वैधानिक रुपमा इराक जान पाउँदैनन् ।

तर उनीजस्ता झण्डै डेढ लाख नेपाली इराकका विभिन्न ठाउँमा काम गरिरहेको उनको भनाई छ ।

‘म जस्ता १ लाख ८० हजार मानिसले इराकमा काम गरिरहेका छन्’ उनले भने, ‘तर नेपालमा हल्ला चलेजस्तो असुरक्षित भन्ने छैन । सबैले राम्रैसँग काम गरिरहेका छन् ।’

२०६० सालमा इराकमा त्यहाँका विद्रोहीको निशानामा परेर १२ जना नेपालीको विभत्स हत्या भएको थियो । त्यसपछि सरकारले इराक जान प्रतिबन्ध लगाएको हो । तर नेपाली आकर्षक तलब र आम्दानी हुने भन्दै इराक जाने गरेका छन् ।

यस्तै काठमाडौँका प्रेम लामा पनि आइतबार नै इराक जाँदैछन् । दुबई हुँदै इराक जाने उनीहरु हप्तादिनदेखि गौशालाको होटलमा बसाईपछि विदेश जान लागेका हुन् । चुनावको दिन भोट हालेर जान सक्ने सम्भावना रहेपनि उनीहरु मतदान नगरी विदेश जान लागेका हुन् ।

आइतबार रातीको उडानबाट विदेश जान लागेका उनीहरुको देशका नेताहरुप्रति आश र भरोसा छैन । यद्यपी केही नयाँ, स्वतन्त्र र विज्ञ युवाहरु पनि चुनावी मैदानमा छन् । जसले यसपटक थोरै भएपनि आश पलाएको उनीहरु बताउँछन् ।

‘यसपटक रवि लामिछाने, सागर ढकाल, रवीन्द्र मिश्र, मिलन पाण्डेजस्ता युवाहरु चुनावी मैदानमा छन्,’ विमानस्थल जाने सुरमा रहेका उनी भन्छन्, ‘यसपटक बुढा नेताहरु बिदा गरेर युवालाई जिताउनुपर्छ । उनीहरुले जितेमा देश बन्छ भन्ने आश छ । त्यसपछि विदेशबाटै फर्केर केही गर्नुपर्ला ।’

यसपटकको चुनावमा पनि हजारौँ नेपाली विदेशिएका छन् । चुनावकै दिन पनि विदेश उड्ने युवाको लस्कर लामै छ । जसलाई रोक्ने कसैको तागत छैन । नयाँ युवा, स्वतन्त्र युवा र देशमै केही गरौँ भन्ने युवाहरु चुनावमा उठेपनि उनीहरुका सुनौला नाराले युवाहरुलाई देशमा रोक्न सकेन ।

झण्डै ७० लाख नेपाली विदेशमा रहेको भनिएपनि त्यो संख्या बढेर अहिले एक करोड पुग्न लागेको छ । तर पनि यो संख्या बढाउनेभन्दा घटाउनेतर्फ कसैको ध्यान छैन । नेपाली नै भएपनि मतदानबाट बञ्चित भएका उनीहरुले यसपटक पनि मतदान गर्न पाएनन् ।

उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको भएपनि उनीहरुको अमूल्य मतको कदर हुन सकेको छैन । यो नै नेपालीको विडम्बना हो । हजारौँ नेपाली जुन दिन विदेश जानबाट रोकिन्छन्, त्यो दिन मात्रै देश बन्न सक्छ । तर यसको वास्तविकता बुझ्ने नेपालीको संख्या नै कम छ । किनकी आज पनि आम नेपालीमा विदेश नगई भविष्य बन्दैन भन्ने भ्रम हावी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २७ बजे

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने