मधेस प्रदेशमा मतदान जारी « Khabarhub

मधेस प्रदेशमा मतदान जारी


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ ।

धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य गरी २९ लाख १० हजार २३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षा निकायले दुई हजार चार सय ७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यस्तै, एक हजार चार सय ९८ मतदान केन्द्र संवेदनशील, दुई सय ६५ मतदान केन्द्र सामान्य रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँले बताए ।

विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदान केन्द्र र मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ ।

मधेस प्रदेशका आठ वटा जिल्लामा चार÷चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ/आठ वटा निर्वाचन क्षेत्र गरी ६४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फको ३२ सिटका लागि मधेस प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि मधेस प्रदेशमा एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : २५ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार