अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या « Khabarhub

अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु- पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छिन् । मतदान महत्त्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् ।

शारीरिक रूपमा अशक्त भए पनि ‘ह्विलचियर’को सहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्लेले बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।

कावासोतीकै गोमता भुर्तेल पनि शारीरिक रूपमा अशक्त छिन । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर गत स्थानीय तहको निर्वाचनमा मतदान स्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउँछिन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरूलाई असहजता हुने उनको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनलाई अरूको सहायतामा नभई आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ ।

देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : ०३ बजे

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया