अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या « Khabarhub

अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु- पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छिन् । मतदान महत्त्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् ।

शारीरिक रूपमा अशक्त भए पनि ‘ह्विलचियर’को सहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्लेले बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।

कावासोतीकै गोमता भुर्तेल पनि शारीरिक रूपमा अशक्त छिन । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर गत स्थानीय तहको निर्वाचनमा मतदान स्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउँछिन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरूलाई असहजता हुने उनको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनलाई अरूको सहायतामा नभई आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ ।

देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : ०३ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै