‘निर्वाचन शान्तिपूर्णरूपमा सञ्चालन भइरहेको छ’ « Khabarhub

‘निर्वाचन शान्तिपूर्णरूपमा सञ्चालन भइरहेको छ’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको बताएका छन् ।

आज भक्तपुरको सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरूपमा निर्वाचन शान्तिपूर्ण र निर्बाधरूपमा भइरहेको छ, र यसै गरी सम्पन्न हुनेमा म  विश्वस्त छु ।”

उनले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी पनि गरेका छन् । यस वर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ ।

उनले भने, “यो निर्वाचन देशका लागि महत्त्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।”

उनी झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : १५ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र