रूपन्देहीमा ५२ प्रतिशत मत खस्यो « Khabarhub

रूपन्देहीमा ५२ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा ५२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान बिहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा छैन । साँझ ५ बजेसम्म हुने निर्वाचनमा रूपन्देहीमा ६ लाख ३८ हजार ९५२ जनालाई मताधिकार भए पनि हालसम्म ५२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६  राजनीतिक दल मध्ये २८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११  महिलाले मत हाल्न पाउनेछन् ।

जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाहरूले मतदान गर्न पाउने छन । 

रूपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।  

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : २८ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म