रूपन्देहीमा ५२ प्रतिशत मत खस्यो « Khabarhub

रूपन्देहीमा ५२ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा ५२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान बिहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा छैन । साँझ ५ बजेसम्म हुने निर्वाचनमा रूपन्देहीमा ६ लाख ३८ हजार ९५२ जनालाई मताधिकार भए पनि हालसम्म ५२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६  राजनीतिक दल मध्ये २८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११  महिलाले मत हाल्न पाउनेछन् ।

जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाहरूले मतदान गर्न पाउने छन । 

रूपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।  

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : २८ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी