मतदान प्रक्रियामा सहभागी हुन महामन्त्री थापाको अपिल  « Khabarhub

मतदान प्रक्रियामा सहभागी हुन महामन्त्री थापाको अपिल 


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । 

आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ। ’ आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ । सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन् । 

‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ४ : ४१ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको