मनाङमा ७३ प्रतिशत मत खस्यो « Khabarhub

मनाङमा ७३ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालपारीको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा ७३ प्रतिशत मत खसेको छ ।

जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।

मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटिका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १० बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई