११३ वर्षीया महिलाले गरिन् मतदान « Khabarhub

११३ वर्षीया महिलाले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपालि १ सय १३ बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत कार्यालयस्थित मतदान स्थलमा मतदान गरेकी हुन् । 

१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किशोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा बिजुलीबत्ती पुगेको छ । ओखल-जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’

ठाउँठाउँमा स्कुल खुलेको र स्वास्थ्य संस्थाहरू स्थापना भएको कुरा सुनाउँदै उनले भनिन्, ‘मेरो जेठो छोरालाई ७० वर्ष भयो । उ भन्दाअघिको तीन छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुँदैन । सबै क्षेत्रमा विकास भएको छ । अझै केही वर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा बैतडीदेखि धनगढीदेखि ५ दिनको पैदल यात्रा गरेको समेत सुनाइन् ।

मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति-नातिना तथा पनाति-पनातिना छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण