११३ वर्षीया महिलाले गरिन् मतदान | Khabarhub Khabarhub

११३ वर्षीया महिलाले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपालि १ सय १३ बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत कार्यालयस्थित मतदान स्थलमा मतदान गरेकी हुन् । 

१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किशोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा बिजुलीबत्ती पुगेको छ । ओखल-जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’

ठाउँठाउँमा स्कुल खुलेको र स्वास्थ्य संस्थाहरू स्थापना भएको कुरा सुनाउँदै उनले भनिन्, ‘मेरो जेठो छोरालाई ७० वर्ष भयो । उ भन्दाअघिको तीन छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुँदैन । सबै क्षेत्रमा विकास भएको छ । अझै केही वर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा बैतडीदेखि धनगढीदेखि ५ दिनको पैदल यात्रा गरेको समेत सुनाइन् ।

मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति-नातिना तथा पनाति-पनातिना छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : २० बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत