गुणस्तरहिन महको उत्पादन गर्ने नरेश पक्राउ « Khabarhub

गुणस्तरहिन महको उत्पादन गर्ने नरेश पक्राउ


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौ उपत्यकाको विभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री वितरण गर्दै आएका नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक वर्ष ३८ का उनलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्रीसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नरेशको साथबाट केमिकलहरु र ७ हजार ६ सय किलो गुणस्तरहिन तयारी तथा कच्चा महसमेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारबाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ ।

नरेशले विगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री वितरण गर्दै आएको, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको, गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति केजी ६ सय ५०मा बिक्री वितरण गर्दै आएको तथा स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ४५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई